सप्तरी, १८ कात्तिक । भारतको विहार राज्यमा भोलि हुन लागेको पाँचौं चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीको सीमावर्ती क्षेत्रमा कडा सुरक्षा पार्नुका साथै सीमा नाका बन्द गरिएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीको सिमानामा पर्ने कुनोली र नेपाल–भारतबीचको सीमा क्षेत्रमा आजदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले बताउनुभयो ।
चुनावलाई लक्षित गर्दै सप्तरी, सिरहा सुनसरी र मोरङ जिल्लासँग जोडिएका सीमा क्षेत्रमा समेत भारतीय सुरक्षाकर्मीले सवारी साधन र मानिस आवत–जावतमा रोक लगाएको जनाइएको छ ।
सो क्षेत्रमा कडा सुरक्षाको साथै जाँच गरेर मात्रै आवतजावत गर्न दिएको बताइएको छ । रासस















प्रतिक्रिया