११ कार्तिक २०८३, बुधबार

भगवानपुरमा भीषण आगलागी, एघार घर जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

लहान, १८ कात्तिक । सिरहाको भगवानपुर–९ मा गएराति भएको आगलागीबाट ११ वटा घर जलेर नष्ट भएका छन् ।

भगवानपुर–९ निवासी रामकिसुन यादवको घरबाट राति ११ बजे सल्केको आगोले रामकुमार यादव र शिवनारायण यादवको फुस र बाँसको टाटीले बनेको ११ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब रु २२ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानीयबासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा राति नै आगलागी नियन्त्रणमा लिइएको थियो । रासस