काठमाडौं, १८ कात्तिक । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा नियुक्त हुनुभएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता कानुन मन्त्री अग्नि खरेलले जानकारी दिनुभयो ।
प्रवक्ता खरेलका अनुसार सरकारले मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।















प्रतिक्रिया