११ कार्तिक २०८३, बुधबार

‘एमालेभित्रको गुटबन्दी अब सकिएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karna-thapaकोहलपुर, १७ कात्तिक । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् खेलकुद विभाग इन्चार्ज कर्ण थापाले मुलुकलाई निकास दिन एमाले एकढिक्का भएको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसन बाँकेले मंगलवार कोहलपुरमा आयोजना गरेको युवा तथा खेलाडिहरुको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पार्टी भित्रको गुटबन्दी अब सकिएको बताए । ‘पार्टी भित्रको गुटबन्दी अब सकिएको छ । पार्टी एक ढिक्का भएकै कारण एमालेले सफलता हासिल गरिरहेको छ,’ उनले भने, ‘संविधान कार्यान्वयन गर्ने, इन्धन समस्या समाधान गर्ने र मुलुकलाई विद्यमान अवस्थाबाट निकास दिन एकजुट हुनुको विकल्प छैन ।’

पार्टी अध्यक्षले सरकारको नेतृत्व गरेको अवस्थामा पार्टी भित्रका सानातिना कुरालाई लिएर गुट उपगुट गर्नुको औचित्य नरहेको उनको भनाई थियो । उनले कोहलपुरस्थित क्रिकेट मैदानलाई मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गरी निर्माण कार्य सुचारु गर्न आफुले पार्टीभित्र र सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

मदन भण्डारी फाउण्डेशन बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा, मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य दामोदर अर्याल लगायतले बोलेका थिए ।

फाउण्डेशनले मदन भण्डारीका विचारलाई चीरस्थायी राख्न र विश्वव्यापी बनाउन कोहलपुरमा रहेको क्रिकेट मैदानलाई मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गरी निर्माण कार्य सुचारु गर्न नेपाल सरकारसँग माग गर्ने र लागू गराउन डेलिगेशन जाने निर्णय गरेको छ ।