नेपालगन्ज, १७ कात्तिक । नेपालगन्ज–रुपईडिहा नाकामा आजदेखि एकीकृत सुरक्षा जाँच सुरु भएको छ । सवारी आवागमनलाई ब्यवस्थित बनाउन र चेकजाँच सरल बनाउन एकीकृत सुरक्षा जाँच सुरु भएको हो ।
यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज भन्सार कार्यालयले छुट्टाछुट्टै जाँच गर्दै आएका थिए । एकै ठाउँमा तीन वटा युनिटले चेकजाँच गर्दा आवतजावत गर्ने सर्वसाधारणलाई झन्झटिलो हुने भएकोले एकीकृत सुरक्षा जाँच सुरु गरिएको सशस्त्र सीमा सुरक्षा बल सीमा कार्यालय बाँकेका डिएसपी जहरसिंह बुढाले जानकारी दिनुभयो । अब एक ठाउँमा मात्र जाँच गराउनुपर्ने भएको छ ।
एकीकृत सुरक्षा जाँच अन्तरगत हलुका सवारी साधन र मालबाहक साधनको रुट पनि अलग बनाइएको छ । हलुका र मालबाहक साधन एउटै रुटमा राखेर जाँच गर्दा भिडभाड भई सुरक्षाकर्मी र सर्वसाधारणलाई असहज भएपछि अलग रुट बनाइएको बुढाले बताउनुभयो ।
















प्रतिक्रिया