काठमाडौं, १७ कात्तिक । एकीकृत नेकपा एमाओवादीका ४५ केन्द्रीय नेताले सोमबार पार्टी परित्याग गरेका छन् ।
नेता रामरिझन यादवले भने आफूहरुले एमाओवादी परित्याग गरेको जानकारी दिनुभयो । उहाँले एमाओवादीको केन्द्रीय समितिमा रहेका ४५ जनाले सामूहिक रुपमा राजीनामा दिएको र आजदेखि एमाओवादीमा नरहेको बताउनुभयो ।
नयाँ संविधान जारी भएलगत्तै एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणमा लाग्ने बताउँदै पार्टी परित्याग गर्नुभएको थियो । आज निवदेन बुझाउने नेताहरुले पनि उहाँले निर्माण गर्ने नयाँ शक्तिमा सामेल हुने बताउँदै आउनुभएको छ ।
पार्टी परित्याग गरेका यादवले भन्नुभयो- ‘एमाओवादीको साधारण सदस्य समेत परित्याग गरेका छौँ, पार्टीले तराई मधेसका विषयमा प्रस्ट अवधारणा ल्याउन सकेन, सबै पक्षको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्नेमा पार्टी नेतृत्व नेकपा(एमाले)सँग लहसियोँ ।’
एमाओवादी परित्याग गरेको बताउनेमा हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा खिमलाल देवकोटा, देवेन्द्र पराजुली, कल्पना धमला, कुमार पौडेल, गङ्गानारायण श्रेष्ठ, राजेन्द्र किरातीलगायत ४५ जना हुनुहुन्छ ।
















प्रतिक्रिया