११ कार्तिक २०८३, बुधबार

छ हजारमा ग्यास सिलिण्डर बेच्ने उप्रेती पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasभद्रपुर, १७ कातिक । झापाको काँकडभिट्टास्थित त्रिशक्ति ग्यासको कालो बजारी गरेको आशङ्कामा स्थानीयवासी पुण्य उप्रेतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

स्थानीयवासीलाई रु छ हजारमा सिलिन्डर बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्तसँग प्रहरीले ९७ थान ग्यास सिलिन्डर बरामद गरी सोधपुछ सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो । रासस