जाजरकोट, १७ कात्तिक । जाजरकोटको भेरी मालिका नगरपालिकाका ३५ वर्षीय देवबहादुर रोकायको सोमबार बेलुकी लडेर मृत्यु भएको छ ।
भारतबाट कमाइ गरी घर पुग्न करिब दुई घन्टा बाँकी रहँदा रोकायको भेरी मालिका नगरपालिका– ९ कै लित्ताबाट पैडी आउँदै गर्दा भिरालो बाटोमा लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । रासस















प्रतिक्रिया