११ कार्तिक २०८३, बुधबार

क–कसले छाड्दै छन् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal Prachandकाठमाडौं, १७ कात्तिक । सत्तारुढ दल एकीकृत माओवादीबाट झण्डै दुई दर्जन बढी केन्द्रीय नेतारूले पार्टी परित्यागको घोषणा गर्ने भएका छन् ।

बाबुराम भट्टराई निकट मानिने करिब ४० केन्द्रीय नेताहरूले एमाओवादी परित्यागको घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

उनीहरूले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी पार्टी परित्याग गरेको जानकारी पत्र बुझाउने छन् ।

यसरी एमाओवादी परित्याग गर्नेमा देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४० भन्दा बढी छन् ।

एमाओवादीबाट अलग भएको घोषणा गरेका भट्टराईले नयाँ पार्टी गठनका लागि अन्तिम तयारी गर्नु भएको छ । उहाँले छिट्टै नयाँ पार्टी घोषणा गर्ने जनाइएको छ ।