काठमाडौं, १६ कात्तिक । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्री छानेको छ ।
अध्यक्ष कमल थापा मानवअधिकार सम्मेलनमा भाग लिन जेनेभा जानुअघि सोमबार राप्रपा नेपालले तीन मन्त्रालयसहित ६ जना मन्त्री सरकारमा पठाउने निर्णय गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा राप्रपा नेपालले उपप्रधानसहित परराष्ट्र, स्थानीय विकास र भुमिसुधार मन्त्रालय पाउने पक्का भएको छ ।
ती मन्त्रालयका लागि राप्रपा नेपालले मन्त्री जसअनुसार अध्यक्ष थापा उपप्रधान तथा परराष्ट्रमन्त्री र स्थानीय विकास मन्त्री बन्नुहुने भएको छ । यस्तै रामकुमार सुब्बा भुमि सुधार मन्त्री बन्ने तय भएको राप्रपा नेपाल स्रोतले जनायो ।
यस्तै भूमिसुधार मन्त्रालयको राज्य मन्त्रीमा बिक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठले सपथ लिने भएका छन् । यस्तै स्थानीय विकास मन्त्रालयको राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट छनोट भएका छन् ।
राप्रपा नेपालले आफ्ना पार्टीकातर्फबाट मन्त्री बन्नेहरूको नामावाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको राप्रपा नेपालका एक नेताले जानकारी दिए ।















प्रतिक्रिया