११ कार्तिक २०८३, बुधबार

‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ लुइँटेललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Chautari_Nepalमोरङ, १६ कात्तिक । प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार यही कार्तिक १९ गते पत्रकार विक्रम लुईटेललाई प्रदान गर्ने भएको छ ।

मोरङको कोशीहरैचा नगरपालिकामा आज बसेको चौतारीको जिल्ला कमिटी बैठकले नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा लुईटेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गत भदौ १२ गते बसेको बैठकले लुईटेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेपनि देशको असहज परिस्थितिका कारण बितरण गर्न सकिरहेको थिएन । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

पत्रकार लुईटेल प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ । यस्तै बैठकले यसवर्ष पनि नेपालीहरुको महान् चाडको अवसरमा कार्तिक २३ गते काग तिहारको दिन बिराटनगरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ ।