काठमाडौँ, १६ कात्तिक । नेपाली काँग्रेसका सभापति तथा व्यवस्थापिका-संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता सुशील कोइरालाले रुसी विमान इजिप्टमा दुर्घटनाग्रस्त भई २२४ जनाको जीवन गुमेकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ ।
सन्देशमा उहाँले आफू उक्त दुर्घटनाको खबरले दुःखित र मर्माहत भएको बताउँदै आफ्नो व्यक्तिगत, नेपाली काँग्रेसका सदस्यहरु र नेपाली जनताका तर्फबाट रुसी राष्ट्रपति र उहाँमार्फत रुसी सरकार र दुर्घटनामा परी आफन्त गुमाएका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गर्नुभएको छ ।
उहाँले रुसी महासङ्घका जनतालाई परेको यस दुःखमा नेपाली जनता साथै रहेको पनि उल्लेख गर्नुभएको छ । रासस
















प्रतिक्रिया