११ कार्तिक २०८३, बुधबार

महन्थ, उपेन्द्र, राजेन्द्र महतो र गच्छादारः सबका सब मधेसी नेता मधेसका गद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

matrika yadav (9)

– नरेश केसी
भैरहवा, १५ कात्तिक । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका केन्द्रिय संयोजक मातृका यादवले अढाई महिनाभन्दा बढी समयसम्म पनि तराई मधेसमा आन्दोलन गर्दा निष्कर्षमा नपुग्नुको कारण आन्दोलनको नेतृत्व लिएका नेताहरुको गद्धारीपनले भएको बताएका छन् ।

नेकपा माओवादीका केन्द्रिय संयोजक समेत रहेका यादवले तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टिका महेन्द्र यादव, संघिय सद्भावनाका अनिल झा र फोरम लोकतान्त्रिका विजय गच्छादार सबै मधेस र मधेसी जनताका नाममा कलंक भएको समेत आरोप लगाए ।

संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिती रुपन्देहीद्वारा बसन्तपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै यादवले कडा आक्रोस व्यक्त गर्दै भने ‘जसरी केपी ओलीको पछि लागेका विजय गच्छादार उपप्रधानमन्त्री भए त्यसैगरी शुसील कोइरालाले जितेको भए उपेन्द्र, सवेन्द्रनाथ शुक्ला, राजेन्द्र महतोको श्रीमती, अनिल झा पनि मन्त्रि बन्ने पक्का थियो । सुशीलले प्रधानमन्त्रिमा हारेपछि पुनः आन्दोलन भन्दै हिडेका छन् । यी गद्धार हुन् । मधेसका नाममा कलंक हुन् ।’

संयोजक यादवले जारी भएको संविधानलाई स्वीकार्दै प्रधानमन्त्रीको चुनाबमा भाग लिइसकेका पार्टि र तिनका नेताहरुले फेरी मधेसमा झरेर संविधानको विरोध गर्दै आन्दोलन गरिरहनुको तुक नभएको समेत बताउदैं भने ‘मन्त्रि पाउने आसमा त्यहिं संविधानको व्यवस्थाअनुसार भएको प्रधानमन्त्री चुनावमा भाग लिने अनि हारेपछि फेरी प्रतिगामी संविधान भन्दै मधेसी जनतालाई बेफकुफ बनाउदैं आन्दोलनमै छौं भन्ने ?’

संयोजक यादवले अहिलको आन्दोलनकारीहरु दिनमा आन्दोलनकारी रातमा तस्करी पनि भएको आरोप लगाउदैं भने ‘यतिका दिनसम्म आन्दोलन गर्दा सम्म शासकहरुले मौनता साध्नुको कारण आन्दोलनकारीको स्वार्थ नै हो । दिनमें आन्दोलनकारी रातमें रंगधारी भनेजस्तै दिनभरी आन्दोलनको नाटक गर्दै जनतालाई सडकमा उत्रार्ने अनि रातभरी चोरी तस्करीमा लाग्ने ?’ आफ्नो भाषणको अधिकांश समय अहिले मधेस आन्दोलनको नेतृत्व गरिरहका नेताहरुलाई आरोप लगाउदैं विताएका संयोजक यादवले आन्दोलन गर्ने बहानामा तेल तस्करी गर्ने, सीमापारी महल खडा गर्ने कार्य भएको भन्दै भने ‘साच्चिकै मधेसी नेताले कहिल्यै तस्करी गर्ने गर्दैनन्, सीमापारी महल खडा गर्दैनन् । यो आन्दोलनको हालत यस्तो हुुनेथिएन । त्यसैले म मधेस खोज्न आएको हुं ।’

आफू बाल्यकाल देखी नै कम्युनिष्टमा लागेको उदाहरण दिदै यादवले केपी ओली नेतृत्वको एमाले, प्रचण्ड नेतृत्वको एमाओवादीहरु अब कम्युनिष्ट हुनैनसक्ने दाबी गर्दै भने ‘जसले राजाबादीहरुसंग कांध मिलाएर हिड्छ । जनताले अधिकारको लागि आन्दोलन गर्दा गोली ठोक्छ त्यो कहिल्यै कम्युनिष्ट हुन सक्दैन ।’ पूर्वमन्त्री समेत रहेका यादवले अहिलको गणतन्त्र नेपालको गणतन्त्र नभई गोरखाली गणतन्त्र भएको पनि जनाए । उनले भने ‘राजाको विरुद्धमा गरिएको आन्दोलन पश्चात निर्माण भएको सरकारले राजा ज्ञानेन्द्र र त्यसका मतियार कमल थापालाई सके फासी दिनुपथ्र्यौ नाइत जेलमा हाल्नु पथ्र्यौ, तर विडम्बना कमल थापा अहिले सरकारको शक्तिशाली मन्त्रि भएको छ । प्रचण्ड केपीले उसंग कुम जोडेर बसेका छन् भने यो कुन गणतन्त्र हो ?’

गोरखाली शासक र गद्धार मधेसी नेताहरुकै कारण मधेस संकटमा परी हराउन थालेको हुँदा आफू मधेस खोज्न हिडिरहेको जनाउने यादवले एक मधेस एक प्रदेश नभए आन्दोलनलाई शसक्त बनाएर लैजाने चेतावनी समेत दिएका छन् ।