काठमाडौं, १५ कात्तिक । विभिन्न विद्यार्थी संगठनहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी मुलुकमा देखिएको शैक्षिक समस्या समाधानका लागि आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा विद्यार्थी नेताहरूले शिक्षामन्त्री पोखरेलसँग शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गरिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
‘मुलुकमा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि आग्रह गरेका छौँ’, प्रवक्ता लामिछानेले भन्नुभयो, ‘विगतमा सरकारसँग विद्यार्थी संगठनहरूले गरेका सम्झौता र सहमतिका विषयमा पनि अवगत गराएका छौँ ।’
एमाओवादीबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका पोखरेलले आफू भरखरै मन्त्री भएर आएको भन्दै शैक्षिक सुधारमा पहिलो सधार हुने उल्लेख गर्नुभएको छ ।
भेटवार्ताका क्रममा विद्यार्थी नेताहरूले शिक्षा मन्त्री पोखरलेलाई कार्यकालको शुभकामना पनि दिएका छन् ।
भेटवार्ताका लागि नेविसंघ, एमाले अखिल, एमाओवादी निकट अखिल क्रान्तिकारीसहित दर्जन विद्यार्थी संगठनका नेताहरू शिक्षा मन्त्रालय पुगेका थिए ।















प्रतिक्रिया