११ कार्तिक २०८३, बुधबार

नेपाल-भारत जोड्ने जौलजिबी पुल सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-pulबैतडी, १५ कात्तिक । दुई वर्षअघि महाकाली नदीमा आएको बाढीले बगाएको नेपाल–भारत जोड्ने जौलजिबी पुल सञ्चालनमा आएको छ ।

पुल निर्माण भई सञ्चालनमा आएपछि नेपाल–भारत आवतजावतमा सजिलो भएको स्थानीयवासी लोकेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आएपछि सजिलै रुपमा ओहोरदोहोर तथा सीमा बजारबाट किनमेल गर्न सजिलो भएको छ ।”

यसअघि पुलको विकल्पमा ट्रली सञ्चालन गरिएको थियो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल १५४ मि लम्बाइको छ । पुल निर्माणमा भारतीय पक्षबाट पुल राख्न उचित ठाउँ छनोट गर्न नसक्दा ढिलाइ भएको नेपाली पक्षले जनाएको छ । पछिल्लो समय दार्चुलाका प्रजिअ प्रेमसिंह कुँवर र पिथौरागढ जिल्ला अधिकारीबीच छलफल भएपछि भारतले जमिन उपलब्ध गराएको हो ।

जौलजीबीमा बनेको सो झोलुङ्गे पुल यस क्षेत्रकै लामो छ । दार्चुलाको महाकालीसँग सीमा जोडिएका सीतापुल, धार्चुला, बलुवाकोट, जौलजीबी र झुलाघाट हुन् । रासस