११ कार्तिक २०८३, बुधबार

यातायात समितिको विवादले यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salyan_districtसल्यान, १५ कात्तिक । यातायात व्यवसायी समिति र यातायात कम्पनीबीचको आपसी विवादले जिल्लामा सार्वजनिक यातायात बन्द भएको छ ।

रुकुम यातायात प्रालिले आजदेखि रुकुमदेखि विभिन्न जिल्लामा हायस तथा डिलक्स गाडी सञ्चालनमा ल्याएपछि सल्यान रुकुम यातायात प्रालिले सार्वजनिक यातायातका साधनलाई ठाउँ ठाउँमा अवरोध गरेको छ ।

रुकुम यातायात प्रालिले आज बिहान रुकुमबाट दाङ, काठमाडौं र नेपालगन्जका लागि सञ्चालन गरेका हायस गाडी जिल्लाको श्रीनगर, लान्ती र लुहाममा रोकेर सडक अवरोध गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीले यातायात व्यवसायी महासङ्घको बैठकमा उपस्थित नभई प्रालि सञ्चालनमा ल्याएको, राप्ती बस व्यवसायी समितिका बसमामा तोडफोड गरेको आरोप लगाउँदै रुकुम, सल्यान र दाङमा चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाइएको बुढाथोकीको भनाइ छ ।

समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल नगरे यातायातका सम्पूर्ण सवारीसाधन ठप्प पार्ने चेतावनी उहाँले दिनुभयो । रासस