११ कार्तिक २०८३, बुधबार

नवनिर्वाचित उपराष्ट्रपति पुनले सपथ लिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasangकाठमाडौं, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले उपराष्ट्रपति पुनलाई सपथ खुवाउनुभएको हो ।

उहाँले सहिद, देश र जनताको नाममा सपथ लिनुभयो । कार्यक्रममा वर्तमान उपराष्ट्रपति परमानन्द झाले नवनिर्वाचित उपराष्ट्रपतिलाई पदभार हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।