काठमाडौँ, १४ कात्तिक । आज बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको छ ।
गत वैशाखमा गएको भूकम्पपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्काले अन्नपूर्ण प्रथम हिमाल आरोहणमा गएका एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । मुस्ताङ र म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथमको आरोहणका लागि गएका ती आरोहीको छ हजार मिटरको उचाइबाट खसेर मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । रासस















प्रतिक्रिया