६ कार्तिक २०८३, शुक्रबार

उपराष्ट्रपति निर्वाचन आज हुँदै, रोल्पाका पुन निर्वाचित हुने सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasang-yadavकाठमाडौं, १४ कात्तिक । उपराष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बिहान एघार बजेदेखि २ बजेसम्म मतदान हुनेछ ।

मतदान सक्किएपछि मतगणना गरिनेछ । त्यसका लागि संसद सचिवालयका कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट एकीकृत माओवादीका नेता तथा पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुनले उम्मेदवारी दिनुभएको छ ।

पुनले उपराष्ट्रपतिमा जित हासिल गर्ने सम्भावना अधिक छ । संविधानसभा निर्वाचनका बेला काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगनकुमार थापासँग पराजित भएका पुन रोल्पा जिल्ला निवासी हुनुहुन्छ ।

विपक्षी दल नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा आफ्ना सामानुपातिकतर्फका सांसद अमियकुमार यादवलाई उम्मेदवार बनाएको छ ।

सिरहा जिल्ला निवासी यादव राजनीतिमा लामो अनुभव रहेका नेताका रुपमा चिनिनु हुन्छ ।

उपराष्ट्रपति निर्वाचनमा सांसदहरूले उम्मेदवारलाई गोप्य मतदान गर्ने छन् । मतदानको ततिजा पाँच बजे बस्ने संसदको बैठकमा घोषणा गरिनेछ ।