काठमाडौं, १४ कात्तिक । १८ वर्षीया किशोरी निमछिकी शेर्पा ३ सन्तानकी आमा बनेकी छिन् ।
अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षकै बिहे गरिन् र लगातार २ बच्चा जन्माइन् । आजका पत्रपत्रिकाले समचार छापेका छन्
स्यावुन ५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा बिबाह गरेकी उनका ३ वर्षीया जेठी छोरी निमलमु, २ वर्षीय छोरा तेन्जी र एक महिनाका छोरा लाक्पा छन् ।
२०५३ चैत २० गते जन्मिएकी उनी आमा बनेकोमा आफैँ छक्क मान्छिन् । ३ सन्तानकी आमा भएपछि छोराछोरीसँग खेल्छिन् ।
उनलाई बच्चालाई स्तपान गराउने तरिका, पोषकत्व र सरसफाइबारे कुनै ज्ञान छैन् ।















प्रतिक्रिया