११ कार्तिक २०८३, बुधबार

नेकपा एमालेका पुराना नेता तामाङको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-tamangमोरङ, १३ कार्तिक । मोरङको इटहरा ७ का समाजसेवी तथा नेकपा एमालेका पुराना नेता देविप्रसाद तामाङको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

६४ वर्षको उमेरमा बिहिबार बेलुका निधन हुनु भएका तामाङको शुक्रबार बिहान इटहरा ७ स्थित उहाँकै निवास पछाडी लामा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । सुगर र प्रेसर रोगका पिडित तामाङ पाँच दिनयता सिकिस्त बिरामी पर्नु भएको थियो ।

उहाँको निधनप्रति नेकपा एमाले इटहराले गहिरो दुख ब्यक्त गरेको छ । अन्त्येष्टिको क्रममा एमालेले उहाँको पार्थिव शरिरमा पार्टीको झण्डा अढोएर सम्मान् ब्यक्त गरेको छ । उहाँलाई नेकपा एमाले केन्द्रिय लेखा आयोगकी सदस्य मालती सुब्बाले पार्टीको झण्डा ओढाउनु भएको एमाले इटहराका अध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयो ।

तामाङ इटहरा क्षेत्रमै सामाजिक ब्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । तामाङ आदिबासी जनजाति महासंघ र नेपाल तामाङ घेदुङ संघ इटहराको अध्यक्ष समेत हुनुहुन्थ्यो ।