६ कार्तिक २०८३, शुक्रबार

चीनसँग सम्झौता भएपछि भारतले अलि धेरै तेल दिन थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Oilकाठमाडौं, १३ कात्तिक । चीनबाट पनि इन्धन ल्याउन समझदारी (एमओयू) भएको भोलिपल्टै भारतीय आयल कर्पोरेसन्स (आईओसी)ले भारत गएका अधिकांश ट्यांकरमा पेट्रोलियम पदार्थ भरिदिएको छ ।

नेपाल आयल निगमका अनुसार बिहीबार इन्धन ल्याउन भारत गएका १ सय ८ मध्ये ८३ ट्यांकरमा आईओसीले इन्धन भरिदिएको कान्तिपुर दैनिकले छापेको छ ।

‘केही दिनअघिको तुलनामा आपूर्ति बढाएको छ’, निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले भने । ती ट्यांकर सिलगढी, बेतालपुर, बरौनी र गोन्डामा लोड भएका हुन् ।

एक महिनायता आईओसीले आवश्यकताको १० प्रतिशतमात्रै इन्धन दिँदै आएको थियो ।

निगमका अनुसार बिहीबार ९ ट्यांकर पेट्रोल, ६७ ट्यांकर डिजेल र ७ ट्यांकर हवाई इन्धन भरिएका छन् । भन्सारमा अवरोध नभए सबै ट्यांकर नेपाल भित्रिनेछन् ।