६ कार्तिक २०८३, शुक्रबार

बन्दबाट आजित भएका व्यापारीले मधेसी मोर्चाका कार्यकर्तालाई लखेटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।

प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् । नागरिक दैनिकमा खबर छ ।