६ कार्तिक २०८३, शुक्रबार

भोलि शुक्रबारबाट खाना पकाउने ग्यास बजारमा उपलब्ध हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasकाठमाडौं, १२ कात्तिक । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।

तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगीरबिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको छ ।

भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो ।

एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ ।