११ कार्तिक २०८३, बुधबार

केरुङबाट नेपाल आयो चीनको तेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-naka-1

धुन्चे (रसुवा), १४ कात्तिक । चीन सरकारले नेपाललाई सहयोग दिने पेट्रोलियम पदार्थमध्ये केही परिणाम आज साँझ नेपाल भित्रिएको छ ।

प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार २७ हजार लिटर पेट्रोलियम पदार्थ अहिले ९ः३० बजे रसुवागढी नाकाबाट नेपाल भित्रिएको हो ।

तीनवटा ट्याङ्करमा भरी ल्याइएको ती पेट्रोलियम पदार्थ कडा सुरक्षाका साथ आज टिमुरेमा राखिने र भोलि बिहान काठमाडौँ पठाइने, बाँकी नौवटा ट्याङ्कर तेल भर्नका लागि भोलि बिहान केरुङ जाने प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको सुरक्षार्थ ठाउँठाउँमा प्रहरी गस्ती परिचालन गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।

भारतको अघोषित नाकाबन्दीकाबीच इन्धन आपूर्ति व्यापार सम्झौतासँगै चीन सरकारले नेपाललाई अनुदानमा १३ लाख लिटर इन्धन अनुदानमा दिएको हो । रासस