११ कार्तिक २०८३, बुधबार

उपप्रधानमन्त्री थापाले स्वीट्जरल्यान्डको भ्रमण स्थगित गरे, अब कानुनमन्त्री जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapaकाठमाडौँ, १४ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले स्वीट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा जाने भ्रमण स्थगन गर्नुभएको छ ।

आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता जारी रहेका कारण उहाँले सो भ्रमण रद्द गरेको थापाका प्रेस सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री थापा सरकारी वार्ता टोलीका संयोजक समेत हुनुहुन्छ ।

यही कात्तिक १६ देखि २० गतेसम्म हुन लागेको सो बैठकमा मानवाधिकारको अद्यावधिक समीक्षा गरिने छ । विश्वका विभिन्न १९३ राष्ट्रको सहभागिता रहने बैठकमा परराष्ट्रमन्त्री सहभागी हुने प्रचलन छ ।

उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल जानुहुने बताइएको छ । रासस