
सप्तरी, १४ कात्तिक । सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ । पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताउनुभयो ।
प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी भइरहेको जनाएको छ । रासस















प्रतिक्रिया