भीमदत्तनगर, १४ कात्तिक । दसैँ बिदामा घर गएका डोटीका आठ वटा सरकारी कार्यालयका कार्यालय प्रमुख अझै कार्यक्षेत्रमा फर्किएका छैनन् ।
डोटीका सरकारी कार्यालयमा शुक्रबार गरिएको निरीक्षणका क्रममा आठ वटा कार्यालयका कार्यालय प्रमुख गरी २५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुखविहीन हुने कार्यालयमा जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला स्वास्थ कार्यालय, डिभिजन सहकारी, जिल्ला वन, महिला तथा बालबालिका कार्यालयलगायत छन् । निरीक्षणका क्रममा विभिन्न कार्यालयमा अधिकृत, नायब सुब्बा, खरिदार र कार्यालय सहयोगी गरी २५ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताउनुभयो । रासस















प्रतिक्रिया