११ कार्तिक २०८३, बुधबार

ललितपुरमा प्रेम विवाह गरेकी युवतीको ६ महिनामै ‘हत्या’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, १४ कात्तिक । ललितपुर ठूला दुर्लुङ गाविस–८ की १९ वर्षीया सरिता तिमिल्सिनाको आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

सोही गाविसका उपेन्द्र घिमिरेसँग छ महिनाअघि प्रेम विवाह गरेकी सरितालाई उनको घरपरिवारको मिलेमतोमा हत्या गरी आत्महत्याको बहाना बनाएको मृतकका भाइ विश्वराम तिमित्सिनाको आरोप छ ।

पीडित विश्वरामले बारम्बार किटानी जाहेरी दिँदासमेत प्रहरीले विभिन्न बहाना बनाएर जाहेरी लिन आलटाल गर्दै आएको बताउनुभयो । मृतक सरिताको शव यही असोज १७ गते घरमुनिको कटुसको हाँगामा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

“जतिसक्दो चाँडो किटानी जाहेरी दर्ता गर्नुपर्ने र निष्पक्ष अनुसन्धान तथा छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने हाम्रो माग हो”–उहाँले भन्नुभयो । न्यायका लागि राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी दिँदासमेत अहिलेसम्म कुनै सुनुवाइ नभएको मृतकका आफन्तको गुनासो छ । रासस