काठमाडौं, ११ असोज । भारतीय हस्तक्षेपको विरोध गर्दै भोलीदेखि देशभर हिन्दी च्यानल बन्द गरिने भएको छ ।
सोमबार राजधानीमा बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसशोसिएसनको बैठकले देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका हो ।
भारतीय च्यानल बन्द गर्न केबल टेलिभिजन सञ्चालकहरु समेत एकजुट भएका छन् ।
भारतले नेपालमा एक सातादेखि अघोषित नाकाबन्दी र हस्तक्षेप गरेपछि मंगलबार १० बजेबाट देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णयमा पुगेको केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए ।
उनका अनुसार यसअघि चितवन, कास्र्की र कञ्चनपुरमा भारतीय च्यानल पूर्ण रुपमा बन्द भइसकेको छ । विप्लव माओवादीले पनि यसअघि हिन्दी च्यानलहरु र विज्ञापन बन्द गराउने जनाएको थियो ।















प्रतिक्रिया