३० आश्विन २०८३, शुक्रबार

भारतको नाकाबन्दी सामना गर्न सरकारले यो निर्णय लागू गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Gadiकाठमाडौं, ९ असोज । मधेसवादी नेताहरूको आग्रहमा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको सामना गर्न सरकारले नयाँ योजना घोषणा गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थको अभावलाई केही भए पनि सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्ने जनाएको छ । यो प्रणाली भोलि आइतबारदेखि लागू हुनेछ । गृह मन्त्रालयले आइतबारबाट लागू हुने गरी जोर बिजोर प्रणालीको व्यवस्था गरेको छ ।

‘भोलि आइतबारदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेका छौं’, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भन्नुभयो ।

पेट्रोलियम पदार्थको अभाव चर्कदै जाँदा यो निर्णय गर्नु परेको गृहको भनाइ छ । गृह मन्त्रालयले अहिलेको अवस्था सामान्य नहुञ्जेल जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको ढकालले जानकारी दिनुभयो ।

यो प्रणाली लागु भएपछि सरकारले कडाइका साथ कार्यान्वयन गराउनेछ । नेपाल आयल निगमसँग अहिले देशभर २१ हजार किलोलिटर पेट्रोलियम पदार्थ छ ।

भारतीय आयल निगमले पेट्रोलियम पदार्थ दिन छोडेपछि आयल निगमको भण्डारण घट्दै गइरहेको छ । सरकारले पछिल्लो पटक गत सार्क सम्मेलनमा जोर बिजोर प्रणाली लागू गरेको थियो । अत्यावस्यक सेवामा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।