३० आश्विन २०८३, शुक्रबार

अब देश विकासमा लम्कियो : उद्योग मन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetभक्तपुर, ४ असोज । उद्योग मन्त्री महेश बस्नेतले संविधान जारी भएसँगै अब देश शान्ति, विकास र समृद्धिमा लम्किएको बताउनुभएको छ ।

संविधान जारी भएको खुसियालीमा मानवीय आस्था नेपालले आज आयोजना गरेको अखण्ड दीप प्रज्वलन कार्यक्रममा सूर्यविनायक चोकमा अखण्ड दीप प्रज्वलन गर्दै उहाँले संविधानका विरोधीहरु असफल भएको बताउनुभयो ।

नेपाली जनताको २००७ सालदेखिको सपना अहिले आएर साकार भएको बताउँदै उहाँले यो खुसियालीमा सहभागी हुन मधेस केन्द्रित आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभयो ।

मधेस आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनरत मधेसवादी दलहरुलाई वार्ता र छलफलबाटै समस्याको समाधान खोज्न उहाँले आग्रह गर्नुभयो ।

वार्ताको ढोका खुल्ला भएको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो– “यो समय आउन धेरैले त्याग गरेका छन्, देशका लागि सबैले केही न केही त्याग गर्नै पर्छ, त्यसैले वार्ता र छलफलबाटै समस्या समाधान गरेर सहमतिमा आउनुहोस् ।”

संविधान जारी भएको खुसियालीमा आज पनि मानवीय आस्था नेपालले दीपावली गर्ने महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । रासस