२१ कार्तिक २०८३, शनिबार

नेपाली चेलीको बलात्कार गर्ने साउदी कूटनीतिज्ञलाई देश निकाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-nepali
पीडित नेपाली चेली

काठमाडौं, ३१ भदौ । कठोर यातना दिएर नेपाली चेलीको सामुहिक बलात्कार गर्ने साउदी अरेबियाका एक कुटनीतिज्ञलाई देश निकाला गरिएको छ ।

भारतको गुडगाउँस्थित राजदूतावासको आफ्नै निवासमा नेपालका दुई युवतीलाई बलात्कार गरेका साउदी अरेबियाका कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका हुन् ।

उनलाई भारतले देश छाड्न दबाब दिएपछि उनी स्वदेश फिर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले दुई नेपाली चेली भारतमा विभिन्न स्थानमा लगेर बलात्कार गरेको र आफ्ना पाहुनाबाट गराउँदै आएको प्रहरस् अनुसन्धानमा खुलेको थियो । यतिसम्मकी भारतको नैनितालमा चुरोटले यौनाङ्गमा ठोसेर जलाउँदै बलात्कार गरेका थिए ।

यस्तो कठोर यातना दिएर बलात्कार गरेका नयाँदिल्लीस्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भारत छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले बताएका छन् ।

तर, भारतीय सञ्चारमाध्यमले भने साउदी कूटनीतिज्ञलाई भारतले देशनिकाला गरेको हुनसक्ने दाबी गरेका छन् । भूकम्प पीडित सिन्धुपाल्चोकका दुई महिला(आमाछोरी) जागिरको प्रलोभनमा आफ्नै बुहारीबाट दलालको हातमा बेचिएका थिए ।