२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीसँगको वार्ता थारु आन्दोलनकारीले बहिष्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३१ भदौ । थरुहट, थारुवान संयुक्त संघर्ष समितिले गठन गरेको तीन सदस्यीय वार्ता कार्यदलले प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता नगर्ने जनाएको छ ।

थारु आन्दोलनकारीले अघि सारेको वार्ताको न्यूनतम सर्त पूरा नभएकाले यथाअवस्थामा वार्तामा नजाने निर्णय भएको वार्ता कार्यदलका सदस्य एवम् थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो ।

‘वार्ताका लागि वार्ता मात्रै हुँदैन’, लेखीले भन्नुभयो, ‘सार्थक वार्ता गर्ने हो भने हामीले राखेको न्यूनतम सर्त पूरा गर्नुपर्छ ।’ उहाँले आबको वार्ता तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूसँग हुने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले थारुहरूलाई नौ बजे बालुवाटारमा वार्ताका लागि बोलाउनुभएको थियो । सो वार्तामा आफूहरू सहभागी नहुने लेखीको भनाइ छ ।

सरकारले थारुहरूसँगको वार्तालाई हेलचेक्र्याइका रुपमा लिएपछि थारु आन्दोलनकारी आक्रोशित भएका छन् ।

वार्ताका लागि थारुहरू लचक रुपमा प्रस्तुत भएका छन् । तर उनीहरूको मागका विषयमा सरोकारवाला निकायबाट वेवास्ता हुँदै आएपछि थारु आन्दोलनकारी पनि कडा भएका हुन् ।