२१ कार्तिक २०८३, शनिबार

नेपालको संविधानको परिमार्जित विधेयकका सबै धारा पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-CA-Nepalकाठमाडौं, ३० भदौ । नेपालको संधिवानको परिमार्जित विधेयक २०७२ लाई संविधानसभाले पारित गरी संविधानको अङ्ग बनाएको छ ।

आइतबारदेखि सुरु भएको संविधानसभा बैठकले चार दिन लगाएर परिमार्जित विधेयकको तीन सय २ वटा धारालाई ध्वनीमतले पारित गरेको हो ।

पारित भएका धाराहरु योसँगै अब नेपालको संविधानको अङ्ग बनेका छन् । संविधानसभाले अब नेपालको संविधानको २०७२ को परिमार्जित विधेयकलाई एकमुष्ट पारित गर्नेछ ।

नयाँ संविधानलाई असोज ३ गते अरान्ह पाँच बजे संविधानसभा भवनमा विशेष कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधानलाई विशेष कार्यक्रमकाबीच सार्वजनिक गर्नु हुनेछ ।

नेपालको परिमार्जित तीन सय दुई वटा धारा संविधानसभाले पारित गरेको छ ।

यसैबीच, राष्ट्रिय जनमोर्चाले नेपालको संघीय संरचना हटाउन गरेको संशोधन प्रस्तावलाई संविधानसभाले अस्वीकृत भएको छ । जनमोर्चाले नेपालमा संघीयता आवश्यक छैन भनेर संशोधन राखेको थियो ।

अहिले पनि जारी बैठकमा संविधानको परिमार्जित विधेयकको प्रस्तावनामा रहेको संशोधन र अन्य संशोधन प्रस्तावहरुमा मतदान भइरहेको छ ।