२१ कार्तिक २०८३, शनिबार

रुपन्देहीको बेथरी झडपमा घरमै मारिएका ४ वर्षीय बालक यसरी ढलेका थिए (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

User comments

– विवेक विश्वकर्मा
भैरहवा, ३० भदौ । रुपन्देहीको बेथरीमा प्रहरी र प्रदर्शकारीबीचको झडपमा २ नाबालक सहित ४ जनाको मृत्यु भएको छ ।

झडपमा प्रहरीको गोली लागी स्थानिय ४ वर्षीय बालक चन्दन कुमार पटेल, गोनहा गाविस ६ का ४५ वर्षीय विनोद लाकौल, वर्ष १३ की रञ्जना सिंह, वर्ष ४० को राजकुमार बरईको मुत्यु भएकोे छ । उक्त झडपमा तीन दर्जनबढी घाईते भएका छन् । सुरक्षाकर्मीद्धारा लुम्विनी औद्योगीक कोरीडोरका मालवहाक सवारी साधनलाई स्कटीङ गरी भैरहवातर्फ ल्याउने क्रममा बेथरीमा एक ट्रकले स्थानीय महिला नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्थानियवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो । नेपाल प्रहरीतर्फ १७ जना संसत्र प्रहरीतर्फ ३ जना घाईते भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

User comments

लुम्विनी औधोगीक कोरीडोरबाट सुरक्षाकर्मीले स्कटीङ गरी भैरहवातर्फ ल्याउने क्रममा प्रर्दशनकारीले सशस्त्र प्रहरीको ना १ ग ५४१ नम्वरको वानटन ट्रक र माल वहाक लुं १ ख ७०७० नम्वरको ट्रकमाथि ढुंगामुडा गर्नुका साथै पेट्रोलसंगै आगो फालेकाले स्थिती नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको सुरक्षाकर्मीले बताए ।

chandan-kumarठक्कर दिने र स्कटीमा रहेका मालवहाक गाडीमाथि ढुंगा मुडाका साथै बोतलमा पेट्रोल जलाएर फाली आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा लिने बाध्य भएर गोली चलाउनु परेको प्रहरी उपरीक्षक ढकालले बताए ।

घटनास्थल भैरहवा सदरमुकामदेखि ५ किलोमिटर पश्चिम लुम्विनी रोडमा पर्दछ । घटनालाई नियन्त्रणमा लिन भैरहवा तथा बुटवलबाट ठूलो संख्याका सुरक्षाकर्मीहरु घटनास्थल वेथरीमा तैनाथ छन् ।

जिल्ला सुरक्षा समितीले घटनास्थल वेथरीको पूर्व वनगाई, पश्चिम बरेवा रोड, उक्त दुर्गा मन्दिर र दक्षिण कालिमाई मन्दिर चौकी भित्र मंगलवार साझ ८ बजेदेखि बिहिवार विहान १० वजेसम्मका लागि कफूर्य आदेश जारी गरेको छ ।

User comments

User comments