२१ कार्तिक २०८३, शनिबार

एमाओवादी केन्द्रीय सदस्य शर्माले राजीनामा दिए, मधेस आन्दोलन चर्काउने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-kumar-Sharmaकाठमाडौं, ३० भदौ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पदबाट राजीनामा दिनुभएको छ ।

एमाओवादीसम्वद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहनुभएका  शर्माले मधेस आन्दोलनको विपक्षमा पार्टी लागेको भन्दै मंगलबार पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

विगतमा मधेस आन्दोलनका नेतृत्वकर्ता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तत्वसँग घाटी मिलाएको उहाँको आरोप छ । राजीनामा दिँदै नेता शर्माले माओवादीले उठाएकै एजेण्डामा मधेसमा आन्दोलन भइरहेको बताउँदै अहिले आएर अध्यक्ष प्रचण्डले मधेसीलाई द्रेशद्रोही भन्नु दुःखद भएको बताउनुभयो ।

प्रतिगामी तत्वहरुको समुहमा आफू सामेल हुन नसक्ने भन्दै विद्रोहको झण्डा बोक्ने एक मात्र विकल्पमा आफूले मधेस आन्दोलन रोजेको उहाँको भनाई थियो । ‘अब आन्दोलनलाई शसक्त बनाएर मधेसका मुद्दा संस्थागत गराउन सबै पक्षसँग सहकार्य गर्छाै ।’