२१ कार्तिक २०८३, शनिबार

गच्छदार संविधानसभा फिर्ता हुने मुडमा, अनौपचारिक वार्ता सकारात्मक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gachhadar briefs media after a four parties meetingकाठमाडौं, ३० भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको मधेसी जनअधिकार फोरम नेपालसहितका साना दुई दललाई फिर्ता गराउन प्रमुख तीन दल अन्तिम चरणमा पुगेका छन् ।

स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग भएका अनौपचारिक वार्तापछि उनीहरू संविधानसभामा फिर्ता हुन तयार भएका हुन् ।

तर गच्छदारको मोर्चाले संविधानसभामा फिर्ता हुने वा नहुने औपचारिक रुपमा केही जनाएको छैन ।

फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी भने थारुका माग पूरा नभएसम्म संविधानसभामा फिर्ता हुने विषयमा आफूहरु तयार नहुने बताउनुहुन्छ ।

गच्छदारलाई फिर्ता ल्याउन एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री सुशील कोइरालाले पटक पटक अनौपचारिक कुराकानी गरिसक्नुभएको छ ।

गच्छदारले आफ्नो नेतृत्वमा शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिकलाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चा बनाउनुभएको छ ।