२१ कार्तिक २०८३, शनिबार

खानेकुरालाई लिएर भएको झडपपछि १४ कैदीबन्दी सारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailपाँचथर, ३० भदौ । जिल्ला कारागार पाँचथरबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो ।

तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सोमबार कारागारमा क्यान्टिनमा खाना र खाजाको शुल्क महँगो भएको विषयमा विवाद हुँदा झडप भएको थियो ।

सो क्रममा कारागारका चौकीदार टेकनाथ रिजाल, प्रेमजङ्ग केरुङलगायत घाइते भएका थिए ।