२१ कार्तिक २०८३, शनिबार

भारतीय राजदूतलाई युवा संघको चेतावनीः अन्तरिक मामिलामा हस्तक्षेप नगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौं, ३० भदौ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भारतीय राजदूत रञ्जीत रेलाई जथाभावी नबोल्न चेतावनी दिएको छ ।

बुधबार दैनिक नेपालसँग कुराकानी गर्दै युवा संघका महासचिव राजीव पहारीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको खबरहरु बाहिर आइरहेकाले पदीय मयार्दाभित्र बस्न भारतीय राजदूत रेलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आन्तरिक समस्या यहाँका दलहरुले, शीर्ष नेताहरुले मिलाउँछन सक्छन् र सक्षम छन् ।’ नेपाली जनताले ६७ वर्षपछि संविधान पाउन लागेको भन्दै आन्तरिक मामिलामा हस्तक्षेप गरेर सामाजिक र सांस्कृतिक सदभाव नबिगार्न राजदूत रेलाई चेतावनी दिनुभयो ।

मधेसी र जनजातिका कुरा उचालेर भारतीय राजदूत जस्तो पदमा बसेको व्यक्तिले आन्तरिक मामिलामा हस्तक्षेप गर्न नमिल्ने उहाँको भनाई छ ।

‘६७ वर्षदेखिको नेपाली संविधान पाउने सपना पूरा हुँदैछ, यो समयमा आन्तरिक मामिलामा हस्तक्षेप गरेर सदभाव विगार्ने काम नगर्न भारतीय राजदूतलाई सचेत गराउँदछौं । अबदेखि हस्तक्षेप गर्ने प्रयास गरिए युवा संघले आवश्यक कदम चाल्ने कुरा पनि यहीबाट जानकारी गराउँदछौं’, पहारीको चेतावनी छ ।

यस्तै, युवा संघले पूर्व भारतीय राजदूत जयन्तप्रसादले अखबारमा लेख लेखेर मधेसी र जनजातिको माग सम्बोधन नभए नेपालले दुष्परिणाम भोग्नुपर्ने भनेर दिएको चेतावनीप्रति खेद व्यक्त गरेको छ ।

आफ्नो लेखमा जयन्त प्रसादले अहिलेको अवस्थामा संविधान बने नेपाल विद्रोहमा फस्ने टिप्पणी गरेका थिए । यो टिप्पणीमा आपत्ति जनाउँदै युवा संघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न राजदूत र पूर्व राजदूतलाई खबरदारी गरेको हो ।

Jayant-prasad-india