२१ कार्तिक २०८३, शनिबार

जसलाई विहे हुँदैन भनेर राजनीति गर्न दिइएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस
अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस

आज (बुधबार) नेपाली हिन्दु महिलाहरूको महान चाढ तीज अर्थात हरितालिका विषेश महत्वका साथ मनाइँदैछ । महिला दिदीबहिनीहरूले मनाउने यो पर्वको आफ्नै महत्व छ । दाङ जिल्लाबाट राजनीति गर्दै आउनु भएकी कांग्रेस नेतृ एवम् सभासद् अनिता देवकोटाको तीजका सम्बन्धमा आफ्नै अनुभव छन् ।

तीजलाई विशेष महत्वको पर्व मान्नुहुने देवकोटाका लागि यो पटक अझैँ विशेष हुने भएको छ । उहाँ अहिले तीजमा रमाइलो गर्नुभन्दा पनि मुलुकको लागि संविधान निर्माणमा जुट्नु भएकाले उहाँलाई तीन विशेष महत्वको लागेको हो ।

सबै दिदीबहिनीहरू मिठो खानाखाने, नाचगान गर्ने, आफन्तसँग भेट्ने, परिवारसँग भेट गर्ने कार्य गरीरहेका बेला कांग्रेस नेतृ एवम् सभासद देवकोटा नयाँ बानेश्वरस्थित संविधानसभा भवनभित्र बसेर संविधनको परिमार्जित विधेयकमाथिको निर्वाचन प्रक्रियामा ‘हुन्छ र हुन्न’ भनेर बस्नुभएको छ । यसै क्रममा दैनिक नेपाल डटकमका लागि हाम्रा सहकर्मी विमल योगीले देवकोटासँग गर्नुभएको कुराकानी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

– अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस

मैले २०३६ सालदेखि राजनीति सुरु गरेको हुँ । २०४२ सालमा सत्याग्रहको बेला प्रहरीले मलाई वारेन्ट काटिएको थियो । त्यही बेला मेरो विवाह हुँदै थियो । मलाई (दुलही) लिन जन्ती (बेहुला) आएका थिए । तर म वारेन्टबाट बच्न भोगेको थिए । वारेन्टभरि दिदीको घरमा तीन/चार महिना भूमिगत भएर बसे । त्यसपछि ०४२ सालमै विवाह पनि भो । घरमा जन्ती आएको बेला सत्याग्रह थियो ।

म कांग्रेस केटी भनेर विहेको प्रस्ताव आयो । निर्मल देवकोटा पनि कांग्रेस केटो । कुरा मिलेपछि प्रस्ताव आयो । मेरो विहे उहाँसँग भयो । विहेको प्रस्ताव आएपछि मैले पनि स्वीकार गरे । विहेमा हाम्रो कार्ड पनि छापिएको थिए । माग्न उहाँले प्रस्ताव पठाउनुभएको हो । भेषराज पौडेलबाट विहेको प्रस्ताव पठाइएको थियो । कांग्रेस हो पढेलेखेको केटो राम्रो छ भनेका थिए सबैले । मैले स्वीकारे । मेरो विहे सोँचे जस्तो धुमधामका साथ हुन सकेन ।

विवाह भएर गइसकेपछि पनि माइततिरबाट राजनीतिमा नजान दवाव थियो । तर मेरो मनले कहाँ मान्थ्यो र । राजनीतिमा लागीरहे । मैले नेविसंघबाट राजनीति सुरु गरेकी हुँ । राजनीतिमा लागेर कहिले काँही घर आउन ढिला हुँदा सरले एक पिरियड बढी पढाउनु भो भने ढाँट्थे ।
विवाहपछि भने अहिले सहज भो राजनीति गर्न । २०४६ सालपछि भने अझैँ सहज भयो । पछि झन् सक्रिय राजनीति गरे ।

माइतीमा राजनीति नगर भनेर बाबाले दवाव दिइरहनुहुन्थ्यो । हामी धेरै बहिनी छोरी राजनीतिमा लागे विहे हुँदैन भन्ने बुबालाई डर थियो । बाबाले सामाजिक संरचनाभित्र बाँध्न खोज्नु भएको थियो । तर म लुकीलुकी राजनीतिक कार्यक्रममा जाने गर्थे । एकातिर समाज र पुलिसको घेरा । त्यहीभित्र कार्यक्रम गथ्यौँ । हामीले पढ्ने क्रममा ‘नयाँ आलोक’ भन्ने पत्रिका पनि निकालेका थियौँ ।

त्यतिखेरका मेरा सहपाठी चिन्तामणि योगी, एमालेका नेता शंकर पोखरेल, भानुभक्त आचार्य, मेनका पोखरेल (एक व्याज अगाडि) हुन् । हामी सबैले सँगै राजनीतिक सुरु गरेका हौँ ।

विवाह भएको धेरैपछि माइत जाने मौका पाए । सबैसँग भेटघाट भो । विवाहपछि माइत गइयो । तीजमा सबैसँग भेटघाट हुने भएकाले पनि मलाई तीज मनपर्छ । अनि जागरणका कुराहरु गर्ने । नाचगान गर्ने । सबभन्दा ठूलो कुरा आफन्तसँग भेट गर्ने हुन्थ्यो । मेरो माइत दाङ जिल्लाको मानपुर गाविस जन्द्रागाउँमा हो ।

विहेपछि पहिलो पटक माइत गएका बेला दरखान काकाको घरमा बोलाउँथे । खान गइयो । रमाइलो भयो । सबैसँग भेट हुन्थ्यो । गाउँघरका साथीहरु मिलेर पातीको गौरा बनाएर पूजा गर्ने । ब्राम्हण ल्याउने चलन थियो । अहिले त्यो चलन परिवर्तन भो । मान्छेले अहिले भ्याउँदैनन् । गर्दैनन् पनि । तीजको परम्परा विकृतिका रुपमा बढेको जस्तो मलाई लाग्न थालेको छ । यो सामाजिक पर्वलाई सबैले आआफ्नो गच्छअनुसार मनाउनुपर्छ ।

सानैदेखि ब्रत बसियो । सानोमा फलफूल खान पाइन्छ । चिनीपानी खानपाइन्छ भनेर सानो उमेरका बेला ब्रत बसिन्थ्यो । सुरुसुरुमा सानोमा खान पाइन्छ भनेर ब्रत बसियो । पछि सामाजिक रुपमा ब्रत बसियो । विहे भएपछि श्रीमान् र सामाजिक सद्भावका लागि ब्रत बसियो ।

दरखानाले मान्छेहरूलाई एकाकार गराउँदो रहेछ । तीजको कथा सुन्ने बेला हाम्रो संघर्षको अधिकारको प्राप्तिको दिन हो भन्ने लाग्यो ।

छोरीलाई बाबाले जसलाई सोँच्यो त्यसलाई दिने । विहे गरिदिने परम्पराविरुद्ध पनि तीजलाई बुझ्नु पर्छ । त्यसैलाई श्रीमानलाई मान्नुपर्ने । मन परोस्–नपरोस् । पार्वतीले बाबुविरुद्ध विद्रोह गरेर आफूले चाहेको पति पाउनुपर्छ भनेर विष्णुलाई अस्वीकार गरी शिवसँग विहे गरेको धार्मिककथाले महिलालाई आफ्नो अधिकारका लागि विद्रोह गर्न सिकाएको छ । यो कथाको महत्वलाई गहिराइमा गरए बुझ्नुपर्छ । यो तीज महिला अधिकारको पर्व पनि हो । धार्मिक कथाहरूले त्यसलाई इँङगित गर्छ ।Anita-Devkota-z

मेरो बुझाइमा तीजमा गहना किन्ने परम्पारको पनि आफ्नै मान्यता छ । त्यतिखेर बीमाको चलन थिएन । तीजमा महिलाले गहना किन्नु भनेको एक प्रकारको बीमा जस्तै थियो । अर्थात खरिद गरेर राख्ने र आफूलाई चहेको बेला लगाउने वा घरखर्च चलाउने । अहिले त बैँक आयो । बीमा आएको छ । त्यो परम्पार कम हुँदै आएको छ । गहना भनेको अहिले देखाउने विषय बनेको छ । यो गलत हो ।

विहेपछि पहिलो पटक माइत गएका बेला ढकनी, खिर, पुरी, तरकारी, चुकिलोपिरो आलुको अचार आदि परिकार खाएको सम्झना छ । त्यति बेला राति कुखुरा बास्नुभन्दा अगाडि साढे दुई/तीन बजेतीर उठेर दर खाएको स्मरण छ । दरखाएको भोलिपल्ट निराहार पानी पनि नखाएर ब्रत बसिएको थियो । तीजको दिन नाचेको, पिङ् खेलेको पनि याद छ ।

यस पटक त दरपनि खान पाइएन । संविधानसभा सचिवालयले मंगलबार दरखुवायो । त्यही हो दर खाएको भनेको । साँझ खानाखान पाइन्छकी पाइँदैन ? घरमा खाना बनाउने मान्छे पनि छैन । काठमाडौंमा छोरा र म मात्रै छु । श्रीमान् दाङमा हुनुहन्छ । फोनबाट कुरा हुन्छ । श्रीमानले ल…ल… मीठो खाएस् है भन्नुभन्दा अरु केही कुरा छैन ।

यस पटकको दरखाने कुरा खासै नहुने भो । घर गएर खाना खायो सुत्यो । यसपटक संविधान बनाउन लागिएको छ । तीजको बिहानै दिन मन्दिर जान्छु । पूजा गर्छु । संविधानसभाको बैठकमा दिनभरि दफावार छलफलको भोटिङमा सहभागी हुन्छु ।

घर (विहे) पक्षमा सुरुसुरुमा ससुरा कम्युनिष्ट हुनुहुन्थ्यो । म कांग्रेस । ससुरा छोराबुहारीको खुसी चाहनुहुन्थ्यो । मेरो बच्चा जन्मियो । त्यसपछि ससुरा कांग्रेस बन्नुभो । राजनीति गर्न झन् सजिलो भो मलाई ।

कांग्रेसका विषयमा मैले छोरो (सानोमा)लाई यति स्कुलिङ गरे छु की घरमा आउँदा छोराले घरमा आउने कम्युनिष्ट पाहुनाहरूलाई गालि गरेर हैरानै गर्थ्यो। छोराको गालिको भाषा ‘कम्युनिष्ट’ भन्ने शब्द थियो । मलाई राजनीतिमा घरपरिवारबाट सहयोग भयो । माइतबाट सहयोग र असहयोग दुबै भयो । हुन त बाबा र माइती पक्षले मेरो विवाहको चिन्तालाई लिएर राजनीति नगर भनेको हो । मैले पनि त्यसलाई धेरै ठूलो रुपमा लिइन । अहिले जे छु सबै घरपरिवार र माइती पक्षकै कारण छु । खुसी छु ।

२०४६ सालमा बहुदल आयो । चुनाव हुन लाग्यो । ससुराले चुनावमा हिँड्न खर्चसमेत दिनु हुन्थ्यो । चुनावमा हिँड्दा भात पकाउनुपर्ने । सासुको स्याहार गर्नुपर्ने । औषधि खुवाउनु पर्ने । मैले नभ्याउने । अनि बहिनीलाई माइतबाट ल्याएर राखेर त्यो काम गर्न लगाएर म फेरि राजनीतिमा हिँड्थे ।

बच्च पेट्मा हुँदा । सुत्केरी हुँदा पनि राजनीतिमा अनवरत हिँडीरहे । कतै अवरोध भएन ।

त्यति खेरको याद आउँछ । माइत जानपाए हुन्थ्यो भन्ने आजका दिन लागेको छैन । अहिले माइतीको याद आएको छैन । छोरी पनि काठमाडौंमा छिन् । फेरि संविधान बनाउन लागेको मान्छे व्यक्तिगत स्वार्थलाई त त्याग्नु पर्‍यो नी ।

म संविधान बनाउन लागेको छु भनेर ठूलो गर्व लागेको छ । तीज मनाउने र दर खाने कुरा गौण लाग्यो । संविधान बनाउने कुरा विशेष हो भन्ने लागेको छ । देश र जनताका लागि तीज र परिवारलाई केही दिन भुल्दा केही हुँदैन ।