२१ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा गोली चल्यो, तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandehi-police (2)
फाइल फोटो

रुपन्देही, २९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच रुपन्देहीमा झडप हुँदा तीन जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ रुपन्देहीको बेथरीमा भएको झडपमा परी गोनाहा ६ का ३५ वर्षका राजकुमार बराई, ३५ वर्षकै बिन्दु लाकोल र १४ वर्षकी रञ्जना क्षेत्रीको मृत्यु भएको छ ।

भैरहवा–लुम्बिनी सडकखण्डमा गरिएको आक्रमणपछि प्रहरीले सुरक्षार्थ हवाई फायर गरेको थियो । बेथरीको पुलमाथिबाट प्रहरीले प्रहार गरेको गोली लागेर बजार भर्न आएका उनीहरुको मृत्यु भएको स्थानीयबासीले बताएका छन् । प्रहरीबाट भने यसको पुष्टि भएको छैन् ।

प्रहरीले स्कर्टिङ गरी मालवहाक ट्रकलाई गन्तव्यमा लैजाने तयारी गरिरहेका बेला दुई पक्षबीच बेथरीमा झडप भएको हो ।

यो पनि पढ्नुस् :

रुपन्देहीमा प्रहरी गोली लागेर चार वर्षीय बालकको मुत्यु (फोटो फिचरसहित)