धनगढी, २९ भदौ । थरुहट संर्घष समितिका नेताहरुले असोज ३ गते धनगढी कब्जा गर्ने घोषणा गरेका छन् ।
मंगलबार कैलालीको फुलबारीमा थरुहट संर्घष समितिले आयोजना गरेको सभामा थारु नेताहरुले धनगढी कब्जा गर्ने घोषणा गरेका हुन् । सभामा बोल्दै थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले असोज ३ गते नयाँ संबिधान ल्याएको खुशीयालीमा धनगढीमा दिपावली हुन्छ तर, थारु समुदायको माग नगरेको सबिधानलाई जलाउँदै कालो दिन बनाउने बताए ।

‘असोज ३ गते थारु समुदायको ठूलो आन्दोलनको आधिबेरी ल्याउछौ,’ उनले भने-‘चारै तिरबाट थारु समुदाय आएर धनगढीलाई थारुको कब्जामा राख्छौ ।’ थारु समुदायको राज्यसहितको सबिधान नआए देश अलग गरेर अलग संबिधान बनाउने उनले दाबी गरे । ‘हाम्रो पनि आन्तरिक रुपमा संबिधान बन्दैछ, थारुहरुको भावना समेटेको संबिधान पनि अन्तिम चरणमा छ’ अध्यक्ष चौधरीले भने । असोज ३ गते दिपावली होईन आगो बाल्छौ हामी थारु समुदायहरु उनले उद्घोष गरेका छन् ।
त्यसैगरी संघीय समाजबादी फोरमका नेता होरीलाल चौधरीले अब हामी काँग्रेस, एमाले, माओवादीको झोले कार्यकर्ता नभई थारु समुदायको हकअधिकारका लागि सबै थारु समुदाय आन्दोलनमा आउन आव्हान समेत गरेका छन् । उनले कैलालीको अत्तरिया, टीकापुर र धनगढीमा असोज ३ गते थारुहरु केन्द्रीत भई सडकमै बस्ने दाबी गरे ।












प्रतिक्रिया