जलेश्वर, २९ भदौ । सदभावना पार्टीका केन्द्रीय अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले अबको लडाई वारको पार हुने चेतावनी दिएका छन् ।
आन्दोलनमा मारिएका आफ्ना कार्यकर्ताको अन्त्येष्टिमा सहभागी हुन महोत्तरीको जलेश्वर पुगेका नेता महतोले मधेसी मोर्चाको अबको लडाई वारको पार हुने दाबी गरे ।
सरकारको दमनले मधेस र मधेसीको अधिकार प्राप्तीका होमिएका निर्दोष नागरिक मारिएको भन्दै आन्दोलनको क्रममा सहादत प्राप्त गरेका मधेसीको बलिदान खेर जान नदिने महतोको दाबी छ । ‘निहत्था र निर्दोष प्रर्दशनकारीलाई ताकेर नै टाउको र छातीमा गोली हानेर मार्ने कार्य अमानवीय हो, यो बलिदानीलाई हामी सफल पारेरै छाड्छौं’, उनले भने।
अब आन्दोलन थप कडा बनाउने चेतावनी दिँदै महतोले मधेस आन्दोलनमा लागेका सबै मोर्चा एक हुनुपर्ने बताए । ‘छुट्टाछुट्टै आन्दोलन गर्दा प्रभावकारी हुन सकेन्, अब हामी सबै शक्ति मिलेर आन्दोलनमा एक भई विगतमा भएको सम्झौता कार्यान्वयन गराउन लाग्नुपर्छ,’ उनले भने ।












प्रतिक्रिया