काठमाडौं, २९ भदौ । मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्र सोनललाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको वीरगज-पथलैया करिडोरको लिपनी- ८ मा रहेको कवरा दाल उद्योगमा तोडफोड तथा आगजनी गरेको भन्दै मंगलबार प्रहरीले सोनलसहित तमलोपाका केन्द्रीय सदस्य नवलकिशोर सिंहलाई पनि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम ढकालले कपडा पसलमा आगजनी गरेर अर्को स्थानमा तोडफोड गर्न हिडेको अवस्थामा सोनललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सोनल र सिंहलाई अहिले इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।












प्रतिक्रिया