काठमाडौँ, २९ भदौ । राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले आज भेटवार्ता गर्नुभएको छ ।
संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिँदै गर्दा राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति यादवले मधेसी र अन्य असन्तुष्ट पक्षलाई समेट्न गम्भीर पहल नभएको र त्यसले समस्या ल्याउने चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले आफूसँग कुनै परामर्श नगरिकन संविधान घोषणाको मिति तोकिएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टी समेत पोख्नुभएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराउनुभएको थियो ।
भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो ।












प्रतिक्रिया