२१ कार्तिक २०८३, शनिबार

राजसंस्था र कार्यकारी राष्ट्रपतिको प्रस्ताव संविधानसभाबाट बहुमतले अस्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-2काठमाडौं, २९ भदौ । मंगलबार बसेको संविधानसभा बैठकले नयाँ संविधानका धारा ६५ सम्म पारित गरेको छ । सोमबार ५७ धारासम्म पारित भएको थियो ।

आजको बैठकले मतदान प्रक्रियाबाट राजसंस्था राख्नुपर्ने कमल थापाको माग बहुमतले अस्वीकृत गरेको छ । संविधानको धारा ६१ मा राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन राखेको राष्ट्रपति र उपराष्ट्रपति रहने प्रस्तावित व्यवस्था हटाएर राजसंस्था राख्नुपर्ने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको हो ।

यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्ने सत्यनारायण भगत र सुरेन्द्रप्रसाद जयसवालको संशोधन पनि सभाले अस्वीकार गरेको छ ।