२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति डा.यादव र अध्यक्ष नेम्वाङवीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAMBARAN-YADAV-AND-Subash-Nemwangकाठमाडौं, २९ भदौ । राष्ट्रपति डा.रामवरण यादवसँग संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटवर्तामा अध्यक्ष नेम्वाङले संविधान निर्माणमा भएको प्रगति र अन्य विविध विषयमा जानकारी गराउनु भएको हो ।

त्यसै गरी अध्यक्ष नेम्वाङले असोज तीन गते पाँच बजे नयाँ संविधान विशेष समारोहका बीच सार्वजनिक गर्ने कार्यक्रम रहेकोले त्यसमा सहभागी हुन पनि निमन्त्रणा दिनु भएको बुझिएको छ ।

संविधान निर्माणको प्रक्रियाबाट असन्तुष्ट राष्ट्रपति डा.यादवले आफ्ना अभिव्यक्ति दिँदै आउनुभएको छ ।