काठमाडौं, २९ भदौ । संविधानसभाको बैठकमा आज पनि संविधानको परिमार्जित विधेयकका धारा मतदानका लागि पेश हुने भएका छन् ।
दश बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा विभिन्न दल र सभासदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूपनि पेश हुनेछन् ।
यसअघि आइतबार र सोमबार दुई दिनमा संविधानका ५७ वटा धारा निर्णयार्थ पेश भइ पारित भएका छन् । आज बाँकी धारा र संशोधन प्रस्ताव पेश हुनेछन् ।












प्रतिक्रिया