काठमाडौं, २८ भदौ । आगामी असोज ३ गते संविधान जारी मिति निश्चित भएपछि घोषणाका लागि राष्ट्रपति डा रामवरण यादवलाई निम्ता दिन हिडेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भट्ने समय सोमबार पाएनन् ।
सोमबार साँझ ७ बजे निम्ता दिने तरखरमा रहेका सभामुख नेम्वाङलाई राष्ट्रपतिले भेट्नका लागि समय नदिएका हुन् । संविधान घोषणाको विषयमा निम्तो दिन शीतलनिवास जान चाहेका सभाध्यक्षलाई राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो ।
८ वर्षदेखि बस्दै आएको राजमहल संविधान बनेपछि छाड्नुपर्ने स्थिती देखिएपछि राष्ट्रपति यादव अहिले चिन्तित रहेको स्रोतले जनायो । त्यही विषयले राष्ट्रपतिले सभामुख नेम्वाङलाई भेट्न नचाहेको बुझिएको छ ।
सोमबार भेट्न समय नदिएपनि मंगलबार विहान सभामुख नेम्वाङले जसरी पनि राष्ट्रपतिलाई भेट्ने र संविधान घोषणाको निम्तो दिने संविधानसभा सचिवालयले जनाएको छ ।












प्रतिक्रिया